Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

नेप्सेको ओरालो यात्रा रोकिएन,आज ४५ दशमलव ५९ अङ्कले घट्यो

नेप्सेको ओरालो यात्रा रोकिएन,आज ४५ दशमलव ५९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन ।

नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुमा झरेको छ ।

कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय ३४ वटा कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

गएको वर्षको भदौमा ३१ सय ८० विन्दुसम्म पुगेको नेप्से १० महिनामा झन्डै १२ सय अङ्कले घटिसकेको छ ।