Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

हप्ताको पहिलो दिन शेयर बजार झन्डै १३ अङ्कले घट्यो, १ अर्ब २७ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार झन्डै १३ अङ्कले घट्यो, १ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौँ । हप्ताको कारोबार हुने पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज सोमवार १२ दशमलव ९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन अन्य र म्यचुल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय २८ वटा कम्पनीका ४४ लाख नौ हजार कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।