Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बजेटपछि साताभर नै सेयर बजार राताम्मे, शेयर बजार २१ सय विन्दुभन्दा तल

बजेटपछि साताभर नै सेयर बजार राताम्मे, शेयर बजार २१ सय विन्दुभन्दा तल

काठमाडौँ । लगातार पाँचौँ दिन आज शुक्रवार पनि शेयर बजार ३३ दशमलव ७६ अङ्क ओरालो लागेको छ ।

नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो पावरको ९।९८ प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घट्दा मुल्य ९१८।१० रुपैयाँमा झरेको छ ।

उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । शुक्रबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।