Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आगामी आर्थिक वर्षको लागि ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट, कुन महानगरलाई कति बजेट ?

आगामी आर्थिक वर्षको लागि ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट, कुन महानगरलाई कति बजेट ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।

महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ भने सबैभन्दा कम विराटनगर महानगरपालिका २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ पाएको छ ।

आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।

संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ । चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन । ७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।

यस्तै सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।

वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख बजेट पाएको छ भने ललितपुर महानगरपालिकालाई आगामी वर्षका लागि कुल १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । चालु आवका लागि ललितपुरले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बजेट पाएको थियो । ललितपुरले सशर्त अनुदानमा ६५ करोड ९४ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानमा ५२ करोड ९५ लाख रुपैयाँ पाएको छ ।

यस्तै विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । आगामी वर्षका लागि समपूरक अनुदान नपाएको विराटनगरले ४ करोड रुपैयाँ विशेष अनुदान पाएको छ । यो महानगरले ७२ करोड १७ लाख रुपैयाँ सशर्त र ४५ लाख ६८ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।