Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आज पनि शेयर बजार ओरालो

आज पनि शेयर बजार ओरालो

काठमाडौँ । लगातार चौथो दिन आज पनि शेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय २७ वटा कम्पनीको ३५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।