Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ त कारोबार ?

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको महासंघको भनाई छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रति तोला थियो ।

हिजो सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।