Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजार ५० अङ्कले घट्याे,एक अर्ब ३३ करोड रुपैयाँको कारोबार

शेयर बजार ५० अङ्कले घट्याे,एक अर्ब ३३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।