काठमाडौँ । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।
यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए ।
पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ ।
यस्तै, उनले रोजगारी ३० प्रतिशतले बढाउने पनि बताए ।