काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ ।
दुई सय २३ वटा कम्पनीको ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो ।