Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

लगातार तेस्रो दिन पनि शेयर बजार हरियाली तर कारोबार रकम भने १ अर्ब रुपैयाँ पनि पुगेन

लगातार तेस्रो दिन पनि शेयर बजार हरियाली तर कारोबार रकम भने १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाडौँ । लगातार तेस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक,व्यापार,बीमा,उत्पादन,माइक्रोफाइनान्स,म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । यस्तै विकास बैंक,जलविद्युत्,होटल र अन्य समूहको शेयर भने घटेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने ८८ करोड ९८ लाख रुपैयाँ भएको छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।