Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजार १६ अङ्कले बढ्यो

शेयर बजार १६ अङ्कले बढ्यो

काठमाडौँ । सोमवार ३४ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले बढेर दुई हजार दुई सय १७ दशमलव १९ विन्दुमा पुगेको छ । आज व्यापार र म्युचुल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ ।

दुई सय २४ कम्पनीको ३१ लाख कित्ता शेयर एक अर्ब आठ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ ।