Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजनीति विज्ञान सजिलो कि, गाह्रो : वैचारिक ध्रुवीकरणले राजनीतिकमा गाह्रो हुन्छ

राजनीति विज्ञान सजिलो कि, गाह्रो : वैचारिक ध्रुवीकरणले राजनीतिकमा गाह्रो हुन्छ

राजनीतिको लागि छवि जति सजिलो त्यति नै कठिन हुन्छ । किनभने अध्ययन गर्न असम्भव छैन । नेपालमा धेरै समस्याहरु छन्, पूर्व, पश्चिम, उत्तर र दक्षिणको भू–वनोट एकनासको छैन । भौगोलिक सतहअनुसार समस्याहरू पनि फरक छन् । देशको आफ्नै समस्या छ र त्यसलाई समाधान नागरिकले नै गर्ने हो । राजनीति कस्ताले गर्ने ? जुन त्यति सजिलो काम होइन । राजनीतिमा आउन चाहनेले राजनीति बुजेर आउँदा अलि सजिलो होला । राजनीति कठिन विज्ञान हो, राजनीतिमा वैज्ञानिक विधि अपनाउनुपर्छ । नयाँ प्रविधि, स्मार्टसोच, भूगोलको ज्ञान र स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न सक्नुपर्छ ।

राजनीतिका लागि छवि परिणाम मुखी हुन्छ कि हुदैन

वैचारिक ध्रुवीकरणले राजनीतिक गठबन्धन दक्षिणपन्थी तथा उत्तरपन्थीले नागरिक समाजलाई विकास र प्रगतिको सम्झौतालाई गाह्रो बनाएको देखिन्छ । नेपालमा असफल संगठित शक्तिको हावी भयो, राष्ट्रबाद छैन । हामी गौतम बुद्धको दर्शनलाई किन नमान्ने ?

निश्चितरूपमा, नेपालमा धेरै अमेरिकीहरू र यूरोपीयन जो लगातार उदारवादी छन् । नेपाल दुई विशाल देशको बीचमा रहेको नेपाललाई सामन्तवादी सामाजिक संरचनामा गाँसी दिएर गहिरो परम्परा र मिलनसार समाजलाई पश्चिमी भौतिक संस्कृतिको व्यापक प्रभावले फुट गराउने चेस्टा गरेका छन् ।

बेलायतमा त संविधान छैन, अन्य धेरै यस्ता राष्ट्रहरु छन् जहाँ संविधान पटक–पटक हेरफेर गरेर गरिन्छ । तर, नेपालको संविधानमा उल्लेख भएजस्तो व्यवहारमा त्यस्ता गतिविधि एक भाग पनि हुँदैन । जसमा इरादा, योजना, विचार, र कार्य समावेश छ । नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, बहुधार्मिक राष्ट्र भए पनि उनीहरुबीच सहिष्णुता छ । नेपालीको एउटै पहिचानमा विभिन्न समूहहरू एकजुट भएका छन् । नेपाली समाज लचिलो छ र प्रणाली र सांस्कृतिक प्रचलनहरू मानवको सुविधाअनुसार विविधता छ । विविध धर्म र आस्थाका मानिस नेपाली समाजका प्रमुख विशेषता हुन् ।

नेपालमा हिन्दू, बौद्ध, इस्लाम र इसाई धर्म मानिन्छन् । विविधतामा बसेर पनि मानिसमा एकताको भावना हुन्छ र छ पनि ।

अर्को पाटो राम्राले राजनीति गरेर नेता बन्न चाहदैनन् र त फोहोरी राजनीति पारिवारिक राजनीति लोभी पापीको सेटिङ गरिएको आफन्तको हाली मुहाली छ । अब सामूहिक जिम्मेवारी लिनको लागि प्रत्येक सफा सोचविचार भएका व्यक्ति राजनीतिमा आउनुपर्छ । गलत प्रवृत्ति हाबी हुने हुँदा उनीहरुको जित हुन्छ । विकल्पको राजनीति वा इकोपोलिटिक्स राजनैतिक विचारधारा हो । जसले पर्यावरणवाद, अहिंसा, सामाजिक न्याय र तल्लो तहको लोकतन्त्रमा जरा गाड्नु पर्छ । पारिस्थितिकरूपमा दीगो समाजको विकास गर्ने लक्ष्य राख्नु पर्छ । चुनाब जित्न सफल हुनु भएका स्वतन्त्र उम्मेदवार कुनै पनि पार्टीसंग जोडिनु हुन्न अलग छबि बनाएर स्थायी रुप दिनुपर्छ र नेपालमा आ–आफ्ना ठाउँमा विकाशोन्मुख हुनु जरुरी छ ।

राजनीति कहिलेकाहीं इतिहास भन्दा कमजोर विषयको रूपमा देख्न सकिन्छ । देशैभर योग्य बुद्धिमान् प्राविधिक इमानन्दार व्यक्ति धेरै छन्, उनीहरुको सहयोग लिनुपर्छ । जोसँग राजनीति र राजनीतिमा साँचो रुचि छ भने राजनीति अध्ययन गर्न रोचक पनि हुन्छ । राजनीतिशास्त्रको अध्ययन त्यति गाह्रो विषय होइन । जति आधारभूत कुराहरू विद्यालयमा पढाइन्छ त्यति नै राजनीति विज्ञानको अर्को बेफाइदा भनेको यो निरन्तर विकसित हुने विषय हो । त्यसैले, विगतका केही राजनीतिक निर्णयहरू आजको आधुनिक राजनीतिकमा सान्दर्भिक छैनन् ।

हालको परिस्थितिले हामीलाई समाजको आधारभूत तहमा शिक्षित बनाएको छ । हामी राजनीतिक प्रक्रियाहरूमा संलग्न हुन्छौं, वा सतहको प्रणालीमा निर्मित दबाब बिन्दुहरू प्रयोग गरेर, प्रत्येक व्यक्तिले वास्तवमा देशलाई परिवर्तन गर्ने अवसर पाउँछ ।

राजनीतिलाई व्यापकरूपमा शासन गर्ने सरकार, संस्थाहरू र निर्णय प्रक्रियाहरूको अध्ययनको रूपमा हेरिन्छ । यो न्याय, लोकतन्त्र, समानता र स्वतन्त्रताजस्ता विचारहरूको अध्ययन हुन सक्छ र शक्ति कसरी बाँडफाँड र प्रयोग गरिन्छ नयाँ स्वतन्त्र र नयाँ पार्टीले बुझेर कुशासनको बिरुद्धमा लड्न सक्नुपर्छ ।

राजनीति भनेको समूहमा बसेर निर्णय गर्ने प्रक्रिया हो । राजनीति भनेको जनताको समूहमा सँगै बस्नका लागि गरिने सम्झौता गर्नु पनि हो । देशमा केही व्यक्तिहरूले त्यस्ता सम्झौताहरू गर्न आफ्नो धेरै समय खर्च गर्न सक्छन् । मेरो राजनीतिलाई हेर्ने दृष्टिकोणले त्यही जस्तो देखाउँछ । राजनीतिको पहिलो नियम ‘कुनै हानि नगर्ने’ हुनुपर्छ । समस्या हेर्न सजिलो छ तर समाधान गर्न धेरै गाह्रो हुन्छ । जसको कारणले गर्दा हामी राजनीतिलाई धेरै घृणा गर्छौं ।

वैचारिक ध्रुवीकरणले राजनीतिक सम्झौतालाई अझ गाह्रो बनाउँछ । निश्चितरूपमा, धेरै नेपालीहरु जो लगातार विश्वासको आधार के हो नसोची होमिनुले पटक पटक खराब आँचलन भएको नेताहरूले भोट पाउँछन् ।

देशमा भएको स्रोत/साधनको समान प्रयोग गर्नुपर्छ, राष्ट्रको पारिस्थितिक शिक्षाको प्रबद्र्धन गर्ने स्वास्थ्य र कृषिमा महिला सशक्तीकरणको विषयमा सुधार गर्ने हुनुपर्छ ।

नेपालले अन्य विकसित देशको अर्थतन्त्रहरूसँग तुलना गर्नु हो जब तिनीहरू कम समृद्ध थिए र निम्न आय वा निम्न मध्यम–आय हुँदा के गरे ? आजका विकासशील देशहरूले र आजको उन्नत अर्थतन्त्रबीचको सकारात्मक/तुलनात्मक के गरे हेर्नुपर्छ ।

यदि हामी कल्पना गर्न सक्छौ भने हामी साँच्चिकै गर्न सक्छौं । हामी के माध्यमबाट जाँदै छौ भन्ने कुराले फरक पार्दैन, सुरुङको अन्त्यमा एउटा बत्ती छ र यसलाई पुग्न गाह्रो लाग्न सक्छ तर तपाईंले यो गर्न सकिन्छ, जब त्यसतर्फ काम गरिरहिन्छ र हामीले सोचेको चीजहरूको सकारात्मक पक्ष पाउनेछौं ।

भक्त बहादुर के सी

नेपाल सुशासन पार्टी