Shares
Shares
-भक्त बहादुर के.सी
पवित्र विचारबाट प्रेरित भई प्रवासी नेपालीहरूको आफ्नो समाजलाई समृद्ध शाली र प्रतिष्ठित बनाउने र आफ्नो राष्ट्रलाई गौरवशाली बनाउने सानो तर महत्त्वपूर्ण कार्यमा संलग्न हुन रहन सबै विचार सबै वर्ग व्यवसाय सबै तह र तप्काका प्रवासी नेपालीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै, नेपाल सुशासन पार्टी अभियान देखि अहिले सम्म आफ्ना उच्च नैतिक मापदण्ड अनुसार कार्य गर्नको लागि चासो र वफादारीको द्वन्द्व पहिचान, बुझ्नुहोस् भनिन्छ र व्यवस्थापन गर्नुहोस् अनुरोध गरिन्छ । निर्णय गर्ने स्वतन्त्रता कायम राख्नुहोस्। राजनीति संस्था र यसको कामको बारेमा जनतालाई जानकारी र परामर्श गरेर खुला सञ्चार सुनिश्चित गर्नुहोस् । विचार को सङ्घर्ष गर्नु पर्छ ।
राजनीतिक दलहरूले राज्यको विकासको निर्णायक क्षणहरूमा मुख्य भूमिका खेल्न सक्छन्, तर नकारात्मक रूपमा (हिंसालाई सङ्गठित गर्ने र भड्काउने भाषण गर्ने गर्छन्) सकारात्मक रूपमा जस्तै टुक्रिएको समाजमा संवादको नेतृत्व गरेर समस्याको समान खोज्नु पर्नेमा विपरीत विचार र भिन्नता देखाउनलाई जसरी भए पनि एक पटक सत्तामा पुगेका दलहरूको सङ्ख्या र उनीहरूको प्रभाव परिभाषित गर्न जोड बल लगाएको र भूमिका खेल्ने गरेको देखिन्छ, दलहरूलाई उपलब्ध हुने आर्थिक स्रोत र विशेषज्ञताले उनीहरूको अस्तित्वमा मात्रै होइन महत्त्वपूर्ण भूमिका खेल्छ।
कानुनको शासन, पारदर्शिता, उत्तरदायित्व, सहमति उन्मुख, समानता र समावेशिता, प्रभावकारिता र दक्षता र जबाफदेहीताका साथ द्वारा सुशासनको मापन गरिनुपर्छ ।
आर्थिक सामाजिक डेभलपमेन्टको लागि इन्स्टिच्युटका शोधकर्ताहरूले विकासशील राजनीतिक दलहरूले तिनीहरूको क्षमता र उनीहरूको तल्लो तहका समर्थकहरू सँगको सम्बन्धलाई धेरै कम महत्त्व दिँदा सुशासनको विगतका अध्ययनहरूले आलोचना गरेका छन् । जबकि राजनीतिक दलहरूले लोकतन्त्रलाई राम्रोसँग सञ्चालन गर्नमा मुख्य भूमिका खेल्नुपर्छ । अन्यत्र राजनीतिक दलहरू मतदाताहरूबाट प्रभुत्वमा रहेका छन् । अन्य मतदाताहरूको प्रतिनिधित्व बढाउन केही प्रोत्साहन वा क्षमताहरू हुनुपर्छ । राजनीतिक दलहरूले राज्यको विकासको निर्णायक क्षणहरूमा मुख्य भूमिका खेल्न सक्छन्, तर नकारात्मक रूपमा (हिंसालाई सङ्गठित गर्ने र भड्काउने भाषण गर्ने गर्छन्) सकारात्मक रूपमा जस्तै टुक्रिएको समाजमा संवादको नेतृत्व गरेर समस्याको समान खोज्नु पर्नेमा विपरीत विचार र भिन्नता देखाउनलाई जसरी भए पनि एक पटक सत्तामा पुगेका दलहरूको सङ्ख्या र उनीहरूको प्रभाव परिभाषित गर्न जोड बल लगाएको र भूमिका खेल्ने गरेको देखिन्छ, दलहरूलाई उपलब्ध हुने आर्थिक स्रोत र विशेषज्ञताले उनीहरूको अस्तित्वमा मात्रै होइन महत्त्वपूर्ण भूमिका खेल्छ। तर, समर्थन को एक व्यापक आधार मा जडान गर्न को लागी आफ्नो क्षमता देखाउन पार्टी घोषणापत्र, पार्टीको विधान निर्माणलगायत क्षमता विकासका गतिविधिमा सहयोग बढाउन आह्वान भइरहेको छ । अनुकूल बनाएर चल्ने चलाउने बानी नै छैन ।
मैले यस लेखमा (रमेश खरेलको लेख) तल साभार गरेको छु
म किन राजनीतिमा आएँ ?
https://www.aayomail.com/2022/04/101350/
धेरैले भने–नेपाल प्रहरीको आइजिपी हुन नपाएको कुण्ठा मेट्न पार्टी खोल्यो रमेश खरेलले। मिडियाका साथीहरुले पनि यस्तै प्रश्न बारम्बार सोधिरहनुहुन्छ। कतिको प्रतिक्रिया त के छ भने रमेश खरेल प्रहरी महानिरीक्षक बन्न नपाउँदा सेकेण्ड म्यान भएर बस्न सकेन, राजीनामा दियो, पार्टीमा पनि अध्यक्ष भइरहन पाएन भने त्यसै गर्छ।
तर म चाहिँ सुरुआतकै क्षणदेखि प्रण गर्छु–पार्टीलाई सोच अनुसारको निश्चित दिशामा लगेपछि युवालाई नेतृत्व हस्तान्तरण हुने कुरामा मबाट कुनै ‘र’ ‘तर’ हुने छैन। यो तथ्य पार्टीको विधानमै स्पष्ट लेखेर स्थापित पनि गरिएको छ।
प्रश्न उठ्न पाउँछन्। जति प्रश्न उठ्छन्, त्यति सही दिशामा जान हौसला मिल्नेछ। यस्ता अनेक प्रश्नहरुको जवाफ बोलेर भन्दा व्यवहारबाट दिँदै जानुपर्छ। र, हामी सबै जनता आफ्नो मनमा लागेका कुरा निर्धक्क सोधुन्, सबैलाई सोधुन् भन्ने चाहन्छौं। लोकतन्त्रको सौन्दर्य नै सार्थक प्रश्नहरुमा छ।
२०४७ सालदेखि देशको राजनीतिलाई प्रत्यक्ष नियालिरहँदा मेरो मनमा पनि अनेक प्रश्न उठेका छन्। तर, तिनको भरपर्दो जवाफ कतैबाट पाएको छैन। नेपाल प्रहरीमा २९ वर्ष सेवा गरी वहुआयामिक अनुभव कमाएको मलाईसमेत यी प्रश्नहरुले यति दुःख दिन्छन् भने सामान्य जनतामा त वितृष्णा, निराशा र गुनासा कति होलान?
राजनीति कस्तो हुनुपर्छ? राजनीतिले देश र नागरिकको सेवा कसरी गर्ने हो? म जनताबीच गइरहँदा मेरा सहयात्रीसहितको सामूहिकतामा यिनै प्रश्नको उत्तर खोजिरहेछु। जनताको दुःखमा, जनताको आक्रोशमा र जनताको आँखामा। असन्तुष्टी लेख्ने, बोल्ने तर आफू केही नगरी टुलुटुलु हेरेर बस्ने मेरो स्वाभाव होइन।
१० वर्षअघि नै मलाई लागेको थियो–यी पुराना दलहरुबाट देशले निकास पाउनेवाला छैन। एउटा गतिलो राजनीतिक विकल्प चाहिन्छ। जब रविन्द्र मिश्रले पार्टी खोल्नुभयो, म भित्रभित्रै उज्यालिएँ। २०७४ को संसदीय चुनावका बेला म सुडानमा कार्यरत रहँदा रविन्द्रजीलाई भोट हाल्नकै लागि ७०० अमेरिकी डलर भाडा तिरेर नेपाल आएको थिएँ। अफशोश, त्यसबेलाको त्यो अपेक्षामा पनि चिसो पानी पोखिएको महसुश भयो।
अब त केही नगरी हुन्न भन्ने सोचसहित २०७६ सालमा भ्रष्टाचारविरुद्धको ‘नेपाल सुशासन अभियान’ सञ्चालन ग¥यौं केही साथीभाइ मिलेर। त्यसयता हामी निरन्तर खबरदारीमा छौं, राज्यलाई झकझकाइरहेका छौं, जनतामाझ सचेतना सन्देश बोकेर भिडिरहेका छौं।
जबजब हामी नागरिकसँग अन्तरक्रिया गर्थ्यौं, धेरैले भन्ने गर्थे–यस्तो अभियान मात्र पर्याप्त हुँदैन। देशको बागडोर चलाउने भान्से नै नबनेसम्म परिवर्तनको ध्येय पूरा हुनेवाला छैन।
यस्तै आवाज र मेरो सोच मिलेकाले २०७८ मंसिर २४ गते एउटा राष्ट्रिय भेला गरेर नेपाल सुशासन पार्टी गठन ग¥यौं। पुष २१ गते निर्वाचन आयोगले पार्टी दर्ता गरिदियो। र, आज हामी गोलाकारभित्रको मकैको घोगा चुनाव चिन्ह लिएर जनतासामु जान थालेका छौं।
मान्छेहरुले उठाउने प्रश्न फेरिएको छ ‘रमेश खरेलले पार्टी चलाउने पैसा कहाँबाट ल्याउँछ?’ प्रश्न स्वाभाविक हो। तर, पार्टीमा एउटा मात्रै रमेश खरेल छैनन्। धेरै रमेश खरेलहरू छन्। र, अरु धेरै जोडिँदैछन्। ‘एकले थुकी सुकी, सयौंले थुकी नदी’ भने झैं सबैको साथ सहयोग रहने विश्वासका साथ सदस्यहरूबाटै जेनतेन धान्दैछौं।’
तर, जति पनि साथीहरु जोडिनु भएको छ, मजस्तै हुनुहुन्छ नैतिकताको कमाइ गरेका। नैतिकताको मात्र कमाइ गर्नेहरुको आर्थिक हैसियतले जीवन मात्रै जेनतेन चल्दोरहेछ।
नेपाल सुशासन पार्टीलाई आर्थिक सहयोग दिन चाहनेहरू पनि देखिएका छन्। तर हामीले नेपाल सुशासन पार्टीको विधानको धारा ३३ को ३ मा स्पष्ट लेखेका छौं–कुनै पनि अपराध गरेर, कर छली, भ्रष्टाचार वा कालाबजारीबाट कमाएकाहरुबाट आर्थिक सहयोग लिइने छैन भनेर।
यो बुझेर धेरै शुभचिन्तक व्यवसायीहरु चिन्ता र चासो व्यक्त गर्नुहुन्छ। रमेश खरेलले मुख खोले हुन्थ्यो भनेजस्तो गर्नुहुन्छ। तर यो मुख २९ वर्ष नेपाल प्रहरीमा रहँदा पनि कहिल्यै कसैसँग १ पैसा माग्न भनेर खुलेन। त्यो त मेरै संस्कार बनेछ–म हात पसार्नै सक्दिनँ। उहाँहरुले तिमीहरुलाई कठिन छ भनेर आफैं दिनुभएको छैन।
यही नैतिक बलले एउटा आँट आएको छ, प्रेरित गरेको छ। नेपाल सुशासन पार्टी केही पदाधिकारीको मात्रै होइन। देश र जनताका लागि उहाँहरुकै पार्टी हो। उहाँहरुकै सम्पति हो। जनताको आस्था, भरोसा र समृद्धिको संवाहक हो।
त्यसैले म यही अनुरोध गर्दछु, यो पार्टी अब नेपाली जनताले चलाउनुपर्छ। ‘चोर्न हुँदैन, मागे मुलुक पाइन्छ’ भन्ने नेपाली उखान छ। इच्छुक नेपालीबाट १–१ रुपैयाँ संकलन गर्ने सोचेका छौं। प्रभु बैंकको मेन ब्राञ्चमा नेपाल सुशासन पार्टीको (खाता नं ००१०१५२५११३०००१४) खाता छ। उक्त खातामा १ रुपैयाँ जम्मा गरी मोबाइल नम्बर ९८४१३५७११२ मा आफ्नो नाम, ठेगाना एसएमएस गरेर जानकारी दिन सक्नुहुनेछ। हामी त्यसको दुरुस्त रेकर्ड राखी आम्दानी खर्च सार्वजनिक गर्नेछौं।
देशमा सुशासन कायम गरेर कल्याणकारी राज्य स्थापना गरेका दिन तपाईंको ऋण तिरिएको मान्नुहोला।
हाम्रा पाइलाहरुमा आमनागरिकको पाइला मिसिनु अपरिहार्य छ। देश–विदेशमा रहनुहुने नेपालीहरुको शुभेच्छा र प्रत्यक्ष सहभागिताविना यो देशले निकास पाउनेछैन।
३१ वर्षदेखि सुशासन र समृद्धिको आश गरेर बस्यो देश। तर, लाजमर्दो गरी भ्रष्टाचार बढेको छ। भ्रष्टाचारले गरिबी बढाउने नै भयो। देशका युवाजति विदेशमा छन्, जमिन बाँझो छ। निर्यात छैन। आयात अर्बौंको छ।
कृषि प्रधान देशमा अर्बौंको कृषि उपज नेपाल भित्रिन्छ। देशको अर्थतन्त्र डामाडोल हुँदैछ। अर्थतन्त्र अचानक बिग्रिएको होइन, ३१ वर्षदेखि कुशासनको धमिराले खोक्रो पारेको हो। यस्तो अवस्थाबाट देशलाई उद्धार गर्न पनि हाम्रो बाध्यकारी उपस्थिति भएको हो।
हाम्रा पाइलाहरुमा आमनागरिकको पाइला मिसिनु अपरिहार्य छ। देश–विदेशमा रहनुहुने नेपालीहरुको शुभेच्छा र प्रत्यक्ष सहभागिताविना यो देशले निकास पाउनेछैन।
देश र जनताको समृद्धि हासिल गर्न र देशको पुरानो साख बचाउन हामीसँग धेरै ठूलो सपना पनि छैनन्। सकेसम्म राम्रो गर्ने, केही नबिगार्ने, देश र जनतालाई धोका नदिने। कसैलाई मार्सी चामलको भात र सिंगापुरको उपचार, कोही भोकै र रोगै मर्ने अवस्थाको अन्त्य गर्ने।
यसका लागि नेपालको पर्यटन, जल, जमिन, जंगल, जलस्रोत, जडिबुटी र जनशक्तिको प्रचुर प्रयोगबाट देशमै उत्पादन गर्ने, उपभोग गर्ने र अरुलाई बेच्ने।
परनिर्भरताबाट देशलाई आत्मनिर्भरतातिर लैजान सके न छिमेकीले हेप्छन् न मित्र राष्ट्रले। देश सम्पन्न हुने र पञ्चशील, असंलग्न, एवं सुसंस्कृत परराष्ट्र नीतिले सबैसँग सुसम्बन्ध कायम हुनेछ।
मेरो बिगत प्रहरीबाहेक खेलाडी पनि हो। खेलकुद र युवाप्रति मेरो अगाध प्रेम छ। यो देशलाई खेलकुदका माध्यमबाट संसारभर चिनाउने, नेपाललाई ‘स्पोर्ट टुरिजम’ को रुपमा विकास गर्ने पनि ठूलो धोको छ।
यी र यस्ता कार्यहरु सम्पन्न गर्न हामी लिखितरुपमा मिसन, भिजन र मूल्यमान्यताहरू निर्माण गर्दैछौं। समयसीमा तोकेर लक्ष्य निर्धारण गरिरहेका छौं।
युवाहरुलाई कसरी नेपालमै रोजगारी दिने, परिवार पाल्नकै लागि विदेशमा गएर ज्यान फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न उद्यमशीलता निर्माणका लागि के गर्ने भनेर स्पष्ट खाका बनाइरहेका छौं। हेपिएर अर्काको देश निर्माणका लागि रगत–पसिना बगाउनुभन्दा इज्जतसाथ आफ्नै देश निर्माणका लागि पसिना बगाउने कुरामा युवालाई प्रेरित गर्ने कार्यक्रमहरुका बारेमा चिन्तन गरिरहेका छौं।
देशलाई माया गर्ने सबैलाई एकमत गराउन सकियो र देशमा तलदेखि माथिसम्म खुलेआम भइरहेको भ्रष्टाचार नियन्त्रण गरियो भने धेरै बिकृति आफैं रोकिनेछ। विकासले गति लिन समय लाग्ने छैन। मेरै जीवनकालमा सम्भव छ।
देशलाई शीरमा राखेर काम गर्ने हो भने केही अनुशासित र केही कठोर हुनैपर्दछ। पञ्चायती कालमा होस् वा २०४७ देखि हालसम्म कुनै पनि तहमा लाभको पदमा बसेका सबैको गोप्य वा आवश्यकता अनुसार प्रत्यक्ष सम्पति छानबिन गर्नेछौं। भ्रष्टाचार गरेको ठहरे भ्रष्टाचार गरेको सम्पति जफत गरेर राज्य कोषमा राख्ने र व्यक्तिलाई कानुनी सजाय गर्नेछौं।
यो अवसर लिन नेपाल सुशासन पार्टीलाई बढीमा १० वर्ष लाग्छ। अवसर लिएको १० वर्षमा हामी त्यो कल्याणकारी र समृद्ध राष्ट्रको जस्केलोमा पुग्न सक्छौं।
समस्या र अप्ठ्याराहरू धेरै छन्। प्रश्नहरुमाथि एउटा प्रश्न दिनदिनै झेलिरहेका छौं। सबै दलले राम्रो गर्छु भने, गरेनन्। तिमीहरुले गर्छौ भन्ने कुरा कसरी विश्वास गर्ने? ३१ वर्षे राजनीतिले उब्जाएको प्रश्नको जवाफ त्यति सहज पनि छैन। तर हामीलाई अप्ठ्यारो पनि लागेको छैन।
देशले दलहरुबाट धेरै धोका खाइसक्यो। कोही त अघि सर्नैपर्थ्यो। हामी सरेका छौं। हामीलाई ढिलो गर्ने वा काम नगर्ने वा धोका दिने छुट छैन। अब पनि धोका भइरहे देशकै भविष्य खतरामा पर्नेछ भन्नेमा हामी स्पष्ट छौं।
अर्को कुरा, दुर्भाग्यवश नेपाल सुशासन पार्टीका राष्ट्र सेवक सिपाहीहरुबाट पनि देशलाई धोका भयो भने हामी आफैं त्यसको सजाय भोग्नेछौं।
निर्वाचित मन्त्री, सांसद र सबै जनप्रतिनिधिले बाचा अनुसार काम नगरे, भ्रष्टाचार गरे, देश र जनताको हितविपरीत कार्य गरे के गर्ने? भाग्ने? पलायन हुने? आत्मग्लानी भएर आत्महत्या गर्ने? यस्तो कायर बन्न नसोचौं। मर्दैगर्दा हाम्रो लाश कतै गिद्ध, वा चिकित्सक शिक्षा पढ्दै गरेका विद्यार्थीलाई काम लागोस्, त्यति पनि नभए मलकै रुपमा काम लागोस्, एउटा बिरुवा फस्टाओस्।
एउटा युवा परिवार पाल्नकै लागि प्यारो परिवार र देश छोड्छ, असमान र अपमान व्यवहार महशुस गरेको एउटा नेपाली हिन्दू जुगदेखि मानिआएको धर्म छोडेर क्रिश्चियन बन्छ, युरोप अमेरिकातिरका क्रिश्चियनहरू हिन्दु बन्छन्, एकापसमा कुरा मिलेन भने जीवनभर एकसाथ रहने कसम खाएका दम्पतीले एकअर्कालाई त्याग्छन्। तर दुर्भाग्य! हामी चाहिँ देश बनाउन नसक्ने, देशलाई धोका दिने राजनीतिक पार्टीलाई वर्षौंदेखि मानिआएको पार्टी भनेर जतिसुकै गन्हाएको भए पनि नाक थुनेरै अँगालो हालिरहेका छौं। यहिँनेर त्याग चाहिन्छ।
तर आजको प्रवृत्तिजस्तो झन् छाति फुलाएर हिँड्ने अवस्था रहने छैन। बरू जिम्मेवारी लिनुअघि जनतासँग लिखित सामुहिक सम्झौता गर्नेछौं। कम्तिमा १० वर्ष आफैंलाई जेल सजाय हुने गरी कानुन बनाउनेछौं। जनतासँग सम्झौता गरेअनुसार काम नभए पार्टीले स्वयं घोषणा गरी देश र जनतासँग क्षमा माग्दै गल्ती गर्नेहरू वा सही कार्य सम्पादन गर्न नसक्नेहरु कुनै बहाना बनाएर उम्किन पाउने छैन, जेल बस्नेछौं।
अन्त्यमा, तपाईंले आफ्ना लागि नभए पनि आफ्नो देश र भावी पुस्ताका लागि नागरिक कर्तव्य ठानेर एउटा बाचा गर्नैपर्दछ। परिवारमा एउटी छोरीको जन्म हुन्छ, लाडप्यारमा हुर्किन्छे, बढ्छे, पढ्छे र एक दिन बाबुआमाको घर छोडेर जान्छे। एउटा युवा परिवार पाल्नकै लागि प्यारो परिवार र देश छोड्छ, असमान र अपमान व्यवहार महशुस गरेको एउटा नेपाली हिन्दू जुगदेखि मानिआएको धर्म छोडेर क्रिश्चियन बन्छ, युरोप अमेरिकातिरका क्रिश्चियनहरू हिन्दु बन्छन्, एकापसमा कुरा मिलेन भने जीवनभर एकसाथ रहने कसम खाएका दम्पतीले एकअर्कालाई त्याग्छन्। तर दुर्भाग्य! हामी चाहिँ देश बनाउन नसक्ने, देशलाई धोका दिने राजनीतिक पार्टीलाई वर्षौंदेखि मानिआएको पार्टी भनेर जतिसुकै गन्हाएको भए पनि नाक थुनेरै अँगालो हालिरहेका छौं। यहिँनेर त्याग चाहिन्छ।
२०७९ को नयाँ वर्षले एकातिर त्याग र अर्कातिर समर्पणका लागि सबै नेपालीमा प्रेरणा प्रदान गरोस्। आफू, आफ्ना सन्तति र देशको उज्यालो मुहार फेर्ने जस प्राप्त होस्। हार्दिक शुभकामना।
(लेखक नेपाल सुशासन पार्टीका अध्यक्ष हुन्)
श्री रमेश खरेलले पोखरा, काठमाडौँ र वीरगन्जमा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को रूपमा काम गरेका थिए । काठमाडौँमा आफ्नो कार्यकालमा, उनले काठमाडौँका गिरोह र तथाकथित ‘डन’ लाई नियन्त्रण गर्ने लगायत सहरमा अपराधमा कडाइ गरे। उनले काठमाडौँमा अवैध रूपमा वेश्यालयको रूपमा काम गरिरहेका डान्स क्लबहरूमा छापा मार्ने अध्यक्षता पनि गरे। उनले पोखरामा आफ्नो अघिल्लो कार्यकालमा अवैध वेश्यावृत्ति विरुद्ध पनि यस्तै कारबाही भएको थियो ।
पर्सा जिल्लाको वीरगन्जमा रहँदा उनको सरुवा भएको १० दिनमै अपराधमा कमी आएको र प्रहरीमा चरम भ्रष्टाचारमा उल्लेख्य कमी आएको बताइएको छ । भारतबाट सामान आयात गर्नेहरूबाट गैर कानुनी टोल उठाउने प्रचलनमा पनि उल्लेख्य कटौती गरियो।
अप्रिल २०१२ मा प्रहरी वरिष्ठ उपरीक्षक बनेका थिए ।
जनवरी २०१४ मा, खरेललाई काठमाडौँ महानगरीय प्रहरी कार्यको निरीक्षण गर्न फिर्ता बोलाइएको थियो। उनले पदभार ग्रहण गरे लगत्तै आफ्नो मातहतका प्रहरी अधिकृतहरूलाई इमानदारिता र परिश्रमको शपथ ग्रहण गराए । फेब्रुअरीमा उनले कुख्यात गुन्डा तेजेन्द्र गुरुङलाई पक्राउ गरे । उनले मसाज पार्लरहरू, डान्स बारहरू र क्याबिन रेस्टुरेन्टहरू वेश्यावृत्ति र स्ट्रिट सोहरू चलाउने शङ्कास्पद रूपमा ट्र्याक गर्न थाले ।
२०१० मा पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहलाई जेल हालेका थिए, र २०११ मा भ्रष्टाचारको आरोपमा मातहतका कर्मचारीलाई बर्खास्त गरेका थिए। २०१० मा दीपक थापाले कान्तिपुरमा खरेल ‘असल प्रहरी’ भएको लेखेका थिए ।
खरेलले अप्रिल २०१८ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । २०२१ मा उनी नवगठित नेपाल सुशासन पार्टीको अध्यक्ष बनेका हुन् ।
(लेखक नेपाल सुशासन पार्टीका कोषाध्यक्ष हुन्) नेपाल सुशासन पार्टी
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209