काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ। हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २११ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार १८ जनाको पीसीआर र १ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट १९७ जना र एन्टिजेन परीक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३२९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
यो पनि पढनुहोस
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदनहरु पारित गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४औं महाधिवेशनसम्बन्धी प्रतिवेदनहरु पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माका अनुसार केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानका तर्फबाट उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पारित छ। यसैगरी, कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आर्थिक प्रतिवेदन पनि बैठकले पारित गरेको छ। प्रतिवेदनअनुसार कांग्रेसको कोषमा १० करोड मौज्दात बाँकी रहेको छ। महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका तर्फबाट खड्काले पेस गरेका सांगठनिक प्रतिवेदन पनि बैठकबाट पारित भएको छ।
आजको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन अनुमोदनसम्बन्धी प्रस्ताव पनि पेस भएको प्रवक्ता शर्माले जानकारी दिए। सो प्रस्ताव भने महाधिवेशनबाट पारित हुनुपर्नेछ।