Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना डिस्चार्ज

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना डिस्चार्ज

काठमाडौं– नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १० हजार ७४७ जनाको नमूना परीक्षण गर्दा आइतबार २०५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९९५ जनाको पीसीआर र २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट २०० जना र एन्टिजेन परीक्षणबाट ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ।

]

गत २४ घण्टामा ४३६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन्।

यो पनि पढ़नुहोसं

भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पुरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।

यद्यपि, हिजो एकै दिनमा केरलामा कोरोना संक्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ का संक्रमित रहेका छन् । यो संख्या कूल संक्रमतिको एक प्रतिशतभन्दा कम भएको समाचारमा जनाइएको छ ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ संक्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ संक्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परीक्षण गरिएको थियो । यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।