यो वर्षको जाडो मौसम सुरु भइसकेको छ । मौसम परिर्वतनसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थलिसकेको छ । धेरैजसोमा रुघाखोकी र सर्दीको समस्या देखिएको छ । रुघाखोकी र सर्दीको उपचार सुरुकै अवस्थामा नगरे गम्भीर खालका रोगले आक्रमण गर्न पनि सक्छ । उसो त बजारमा रुघाखोकी र सर्दीबाट जोगिन विभिन्न प्रकारका औषधिहरू पनि पाइन्छ । तर, केही यस्ता घरेलु उपाय छन् जसलाई अपनाए यस्ता समस्याबट राहत पाउन सकिन्छ ।
जानौं ती उपाय :
—आयुर्वेदमा मरिचलाई विभिन्न औषधिको रुपमा लिइन्छ । सर्दी लागेको बेला मरिचको धूलोमा मह मिसाएर खानाले निकै फाइदा हुन्छ ।
—एक गिलास तातो दुधमा खजूरलाई राम्रोसँग उमालेर पिउनाले सर्दीमा राहत हुन्छ । — दिनमा ४–५ पटक महमा अदुवा मिसाएर खानाले सर्दीमा राहत र चाँडै निको हुन्छ ।
— तुलसी, पुदिना र मरिचले बनेको काढ़ा पिउनाले घाँटीको खसखस कम हुनुको साथै सर्दी पनि निको हुन्छ ।
— बेसारमा एन्टी भाइरल र एन्टी ब्याक्टेरियल गुण पाइन्छ । जसले सर्दी र रुघाखोकी निको गर्न मद्दत गर्छ । त्यसैले सर्दी भए तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।
— दालचिनी र जाइफललाई बराबर मात्रामा पिसेर बिहान बेलुका महसँग खानाले रुघाखोकी र सर्दीमा राहत मिल्छ ।
—सर्दीको कारण ज्वरो आएको अनुभव भए दुई कप पानीमा ज्वानो र गुड उमाल्ने र जब पानी आधा हुन्छ त्यो पानी पिउने । उक्त पानीको सेवनले ज्वरो चाँडै निको हुन्छ ।
-कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ । यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ । कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिाएमा निको हुन्छ । चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ ।
-नुन पानीले गार्गल कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले खोकी निको हुन्छ ।