Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएको छैन, अत्यावश्यक नपरी विदेश नजानू: स्वास्थ्य मन्त्रालय

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएको छैन, अत्यावश्यक नपरी विदेश नजानू: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको समेत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भनेको छ– हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ। नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ । कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।