काठमाडौं : पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ९१९ पीसीआर र एक हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ।
उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १२० जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ लाख २७ हजार ५८४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।
यो पनि
विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारैबढ्दै गइरहेको देखिएको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७८ हजार १ सय ८५ कोरोना संक्रमित थपिएका छन् । यसअघि मंगलबार विश्वभर एकैदिन ४ लाख ३९ हजार ४ सय ८० कोरोना संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड ३० लाख १३ हजार ३ सय ६२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ५ सय ३६ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख ३२ हजार ५ सय ७७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ९८ हजार २ सय ३१ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २३ करोड ७४ लाख ९४ हजार ८ सय ३८ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ९४ लाख २२ हजार १२ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९१ लाख ९५ हजार ६ कोरोना संक्रमित निको भइसकेका छन् ।