Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनामा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित एक व्यक्ति भेटिए

कोरोनामा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित एक व्यक्ति भेटिए

काठमाडौं, बेलायतमा कोरोनामा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित अर्का एक व्यक्ति भेटिएका छन् । यस अघि बेलायतमा अन्य दुइ जनामा ओमिक्रोन संक्रमण भेटिएको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण भेटिएको पुष्टी गरेका छन् । पछिल्लो तथ्याङ्कसँगै बेलायतमा कारोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ ।

बेलायतले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ ।

यो पनि पढनुहोस,

विश्व एड्स दिवस मनाउन लागेको ३३ वर्ष भइसकेको छ। तर, संक्रमितप्रतिको भेदभाव र लाञ्छना भने हटिसकेको छैन। सल्यानका एचआईभी संक्रमित अभिषेक भण्डारी (नाम परिवर्तन) र बैतडिकी रोशिका चन्द (नाम परिवर्तन) अहिले जो कोहीसँग खुलेर परिचय दिँदैनन्। उनीहरू आफन्त र छिमेकीबाटै दुव्र्यवहार भोगे। स्कूलमा समेत अपहेलित भए। दुवैको उद्धार गरी अध्ययनमा सघाइरहेका राजकुमार पुन भन्छन्, ‘आफ्नो कुनै गल्तीबिना नै संक्रमितका रूपमा सजाय भोग्ने बालबालिका हरेक वर्ष बढ्दै छन्।’

गर्भमै संक्रमित हुन पुगेका यी दुईले उच्च शिक्षा अध्ययन गर्न पाएकोमा भाग्यमानी महसुस गर्छन्। उनीहरू भन्छन्, ‘स्कुलमा जाँदा साथीहरूले ढुंगाले हान्थे र आफन्त पनि दुव्र्यवहार गर्थे। आफैं पनि खुलेर परिचय दिन समस्या छ। तर, पढ्न पाएकोमा खुशी छौं।’ अभिभावकविहीन यी दुईसहित २७ जनालाई समाजसेवी पुनले अध्ययन र खानपानसहित बसोबासका लागि सहयोग गरिरहेका छन्।

सरकारले आगामी पाँच वर्ष अर्थात् सन् २०२६ सम्ममा एचआईभी आमाबाट बच्चामा हुने संक्रमणको उन्मूलन गर्ने लक्ष्य लिएको छ। तर, हरेक वर्ष आमाबाट एचआईभी संक्रमण भएको बालबालिकाको संख्या बढ्दो छ। सन् २०२० मा थप ८० बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत लोकराज पाण्डेका अनुसार विद्यालयमा भर्ना हुने एचआईभी संक्रमित बालबालिकालाई गरिने दुव्र्यवहारमा कमी आएको छ।

नेपालको एचआईभीको अवस्थालाई केन्द्रिकृत महामारीका रूपमा परिभाषित गरिएको छ। करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको छ। संक्रमणको उच्च जोखिममा रहेका समूहमा सिरिन्जबाट लागूपदार्थ प्रयोग गर्नेहरू पनि छन्। स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२० मा सम्पन्न सर्भेक्षणअनुसार नेपालमा सिरिन्जबाट लागूपदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका

दरले एचआईभी संक्रमण रहेको पाइएको छ।

पश्चिम, मध्य तथा सुदूरपश्चिममा गरिएको सर्भेक्षणले भारतमा कामदार नेपालीहरूमा एचआईभीको संक्रमण पश्चिममा शून्य दशमलव ३ र मध्य तथा सुदूरपश्चिममा शून्य दशमलव ६ प्रतिशत पाइएको छ। यसका साथै तेस्रो लिंगी र कारागारका कैदीहरू पनि संक्रमणको जोखिम समूहमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केन्द्रका वरिष्ठ मेसु डा. पवनकुमार शाहका अनुसार मुलुकभर ८३ वटा एआरटी केन्द्र, एआरभी औषधि वितरण केन्द्रहरू ४५ वटा छन्। तर, एआरभीको पहुँचबाट झण्डै १० हजार संक्रमित बाहिर रहेको केन्द्रले जनाएको छ। सरकारले सन् २ ०३० सम्ममा एआरभी औषधि उपचारमा ९५ प्रतिशतको पहुँच पुर्‍याउने लक्ष्य छ। सन् २०२०को अन्त्यसम्ममा नेपालमा कुल ३० हजार ३ सय जनामा एचआईभी संक्रमण भएको अनुमान छ।