१३ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि अहिले संसारभर तरंग उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले उक्त नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको छ ।सबैभन्दा चिन्ताको विषय नै यो भाइरस निकै तिव्र गतिमा म्युटेट हुनु रहेको वैज्ञानिकहरुको भनाई छ । जसका कारण यो भाइरस अल्फा, बिटा, डेल्टा तथा डेल्टा प्लस लगायतका अन्य भेरियन्ट भन्दा खतरनाक छ ।
लण्डनस्थित युसिएल जेनेटिक्स इन्स्टिच्यूटका वैज्ञानिकहरुका अनुसार कोरोनाको यो भेरियन्ट सुरुमा कहाँबाट आयो भन्ने बारेमा प्रष्ट भैसकेको छैन ।कुनै कारणले रोग प्रतिरोधी क्षमता नभएका मानिसबाट एचआइभी एड्स संक्रमित मानिसनमा कोरोना भाइरस संक्रमण भएसँगै यो भेरियन्टको म्युटेसन भएको हुनसक्ने वैज्ञानिकको आँकलन छ ।
यो भेरियन्ट निकै तिव्र गतिमा ३० पटक म्युटेट हुन्छ । अन्य भेरियन्टको तुलनामा यसले संक्रमितलाई खतरनाक तरिकाले असर पार्दछ ।अहिलेसम्म दक्षिण अफ्रिका, बोत्सवाना, हंगकंग, इजरायल तथा बेल्जियममा यो भेरियन्टका केही संक्रमण फेला परिसकेका छन् ।
यो नयाँ भेरियन्टका विरुद्ध विद्यमान कोरोना विरुद्धको खोप प्रभावकारी छ कि छैन भन्ने प्रष्ट भैसकेको छैन । यसका लागि दुई हप्तासम्म कुर्नुपर्ने फाइजर बायोएनटेकले जनाएको छ । एजेन्सीको सहयोगमा