काठमाडौं : कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिए।
नेपालले हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हजार ९५५ डोज खोप लगाइसकिएको छ। ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकएको छ।
यो पनि
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो।
कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो।
कोरोना संक्रमण भएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा भर्ना भएका छन्। स्रोतका अनुसार उनलाई सोमबार साँझ भर्ना गरिएको हो।
उनी केही दिनदेखि बालुवाटारमा रहेको निवासमा बसिरहेका थिए। उनमा निमाेनिया र छातीमा संक्रमणसमेत देखिएको स्रोतले जनाएको छ।