Shares
Shares
काठमाडौँ । खाना खाने कुरामा मानिसहरुको आ-आफ्नै बानि हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ ।रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाइँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ ।आयुर्वेदमा सुत्नु भन्दा २ घण्टा अघि नै खाना खाइसकेको हुनु पर्ने उल्लेख छ । खाना खाने वित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ । त्यतिमात्र होइन यसले गर्दा पाँचन प्रणालीमा समेत असर गर्छ ।यहाँ रातिको समयमा खान नहुने १० खानाको चर्चा गरिएको छ ।
पास्ताः पास्ता निक्कै छिट्टो तयार हुने ब्यञ्जन मध्ये एक हो । मानिसहरु सजिलो हुने भएका कारण रातिमा पास्ता बनाएर खान्छन् । तर यसमा हुने अत्याधिक कार्वोहाइड्रेटको मात्राले शरीरमा पाचन प्रणालीमा असर पर्छ । रातिमा गरिने आरामको समयमा सहजै नपच्ने तत्व हुने हुँदा पास्ता रातिमा खानु राम्रो हुँदैन । यसले एसिडिटी बढाउन सक्छ ।
मसलेदार खानाः रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।
मिठाइः रातिको समयमा मिठाइ खानु पनि राम्रो होइन । यसले दाँतमा असर गर्छ र मोटो पन पनि बढाउँछ । शरीरमा नकारात्मक प्रभाव पनि पर्छ ।
चाउचाउ वा चाउमिनः चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन । सुत्नु अघि चाउचाउ र चाउमिन जस्ता खानेकुरा खाँधा पेटमा अनेक समस्या आउन सक्छ । तसर्थ सुत्नु अघि यी खानेकुरा नखानुस् ।
मासु माछाः रातिको समयमा अत्याधिक मात्रमा माछा मासुको सेवन गर्नु राम्रो होइन् । यसो गर्दा शरीरमा प्रोटिनको मात्रा एकै पटक बढ्ने र आराम लिने समयमा पेटमा समस्या हुँदा सुत्न अहसज हुने हुन्छ ।
काउली र प्याजः काउली वा प्याज अत्याधिक मात्रामा रेसादार खानेकुरा हुन् । बन्दाकोभी पनि रेसादार हुन्छ । तसर्थ अत्याधिक रेशादार यस्ता खानेकुरा सेवन गर्नु हुँदैन । यस्ता खानाले पनि पेट फुल्ने समस्या हुन सक्छ ।
पनिर वर्गरः पनिर वर्गरमा अत्याधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसले रातिको खाना अघि यो खानु उपयुक्त हुँदैन । रातिको समयमा पच्न गाह्रो हुने पनिर वर्गर पनि खानु उपयुक्त हुँदैन । यसले पनि पेट सम्बन्धि समस्या ल्याउन सक्छ ।
चिप्सः चिप्स जस्ता मसलेदार र तारेका खानेकुरा पनि रातिमा खानु उपयुक्त हुँदैन । यसमा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट हुने हुँदा रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ ।
चकलेटः सुत्नु अघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिन र अन्य घातक तत्वहरु हुन्छन् । यसले मुटुको समस्या बढाउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।
पिज्जाः पिज्जा पनि रातिको समयमा खान नहुने खानमा पर्छ । यो पनि पचाउन मुस्किल हुने खाना हो र विश्रामको समयमा खान हुँदैन । यसले पाचन प्रणालिमै असर गर्न सक्छ ।
दूध: यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ।
प्रोटिनको मात्रालाई कम गर्ने: बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ।
दही: रातको समयमा दहिको साटो दुध सेवन गर्दा स्वास्थ्यलाई लाभदायक हुने गर्दछ। राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209