Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि काठमाडौँको यी स्थानमा फाइजर खोप लगाउदै !!

आजदेखि काठमाडौँको यी स्थानमा फाइजर खोप लगाउदै !!

काठमाडौं : काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिँइदै छ।

यसअघि दीर्घरोगलाई खोप दिइँदै आएकोमा आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो। ललितपुरको पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

जिल्लाका स्वास्थ्य कार्यालय काठमाडौं र ललितपुरका अनुसार खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्। दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो।

यो पनि

विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ७८ हजार ७३ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ७४ लाख ६ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ६ सय ३० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ लाख ६३ हजार ३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९० हजार १ सय ८९ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २३ करोड २३ लाख ५५ हजार ६ सय ५९ कोरोना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ९३ हजार ५ सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ८५ लाख ५८ हजार २ सय २९ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ८४ लाख ३७ हजार ८ सय ५२ कोरोना संक्रमित निको भइसकेका छन् ।