Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सधै रुघाखोकी लाग्छ तपाइँलाइ ?यदि हो भने एकै दिनमा निको हुने यी उपाय सिक्नुहोस

सधै रुघाखोकी लाग्छ तपाइँलाइ ?यदि हो भने एकै दिनमा निको हुने यी उपाय सिक्नुहोस

काठमाडौं — मौसम परिवर्तन र जाडोको मौसममा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाक बग्ने लगायतका समस्या आउँछन् ।पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन् :

कम पानी पिउनु :मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।

गलत खानपिन:बिरामी भएपछि धेरैजसो मानिसले खानपिन छोडिदिन्छन् वा मसलायुक्त खानेकुरा खान्छन् । यसले शरीरलाई हानि गर्छ । बिरामी हुँदा शरीरलाई पोषक तत्त्व दिनुपर्छ । सही खानपान नहुँदा रुघाले लामो समयसम्म सताउँछ ।

तनाव:आजकल धेरै मानिस तनाव लिइरहेका हुन्छन् । तनाव नै धेरैथरी रोगको कारण हो भनी धेरैथरी अनुसन्धानले देखाएका छन् । तपाईंलाई पनि लामो समयसम्म रुघा लागेको छ भने चिकित्सकबाट परीक्षण गराउनुस् किनकि तनावका कारण पनि यसो भएको हुनसक्छ ।

व्यायाम:आवश्यकताभन्दा बढी व्यायामले पनि स्वास्थ्यलाई हानि गर्छ । बिरामी हुँदा व्यायाम गर्नु हुँदैन । रुघा लाग्दा एकदमै हलुका व्यायाम मात्र गर्नुस् ।

निद्रा:व्यस्त जीवनशैलीका कारण मानिसहरू भरपूर निद्रा लिन पाउँदैनन् जसले गर्दा उनीहरूको रुघा ठीक हुँदैन । पूरा निद्रा लिनुभयो भने छिट्टै ठीक हुनुहुनेछ ।

एजेन्सी