Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौ‌– पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या आठ लाख १७ हजार ६७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०६ जनाको पीसीआर परीक्षणमा ३६३ र १ हजार ८८७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।