Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुलुकभर थप ३०६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

मुलुकभर थप ३०६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०६ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ६०६ वटा नमुनाको परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

त्यस्तै आज ३४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।