Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कति थपिए कोरोना संक्रमितको संख्या !!

आज कति थपिए कोरोना संक्रमितको संख्या !!

काठमाडौँ : नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर परीक्षणका क्रममा ३५५ जना र एक हजार ९३२ एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ७ हजार ४ सय ९८ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।