काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । सागमा पदक जितेका खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भेट्न बोलाइ सो घोषणा गरेका हुन् ।
बालुवाटारमा आयोजित कार्यक्रममा प्रम ओलीले सागमा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही नौ लाखको दरले नगद दिइने घोषणा गरेका छन् ।
यस्तै रजत विजेता खेलाडीलाई जनही ६ लाख र काँस्य विजेता खेलाडीलाई तीन लाख नगदसहित सरकारले सम्मान गर्ने भएको छ ।
यस्तै सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिइने भएको छ ।
मंगलबार सम्पन्न सागमा नेपालले कूल स्वर्ण ५१, रजत ५९ र काँस्य ९४ गरी २०४ पदक जितेको छ ।