Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कति थपिए कोरोना संक्रमित ? हेर्नुहोस

आज देशभर कति थपिए कोरोना संक्रमित ? हेर्नुहोस

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ३०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

हालसम्म देशभर ४४ लाख ८४ हजार १५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ९८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ५३५ रहेको छ ।

काठमाडौं उपत्यकामा १५३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरि पछिल्लो २४ घण्टामा १५३ जना संक्रमित थपिएका हुन्।

जसमध्ये काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ जना रहेका छन्।