Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराट कोहली र अनुष्का शर्माकी ९ महिनाकी नाबालक छोरीलाई बलात्कारको धम्की दिने पक्राउ !!

विराट कोहली र अनुष्का शर्माकी ९ महिनाकी नाबालक छोरीलाई बलात्कारको धम्की दिने पक्राउ !!

काठमाडौँ : भारतीय क्रिकेटर विराट कोहली र फिल्म स्टार अनुष्का शर्माकी छोरीलाई धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीको साइबर सेलले पक्राउ गरेको छ । कोहलीकी ९ महिनाकी नाबालक छोरीलाई बलात्कारको धम्की दिएको आरोपमा सफ्टवेयर इन्जिनियर पक्राउ परेका हुन्।

आरोपित २३ वर्षीय सफ्टवेयर इन्जिनियर राम नागेश श्रीनिवास आकुवाथिनी हुन् । उनलाई मुम्बई प्रहरीले हैदरावादबाट बुधबार पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि मुम्बईस्थित हिरासतमा राखिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईको साइबर सेलले उनलाई हैदराबादबाट पक्राउ गरेको हो ।

टि–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएपछि विराट कोहलीकी छोरीलाई उनले नै बलात्कार गर्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ ।

पक्राउ परेका २३ वर्षीय युवकको नाम रामनागेश श्रीनिवास अकुथिनी रहेको छ । यो व्यक्ति हैदराबादका सफ्टवेयर इन्जिनियर भएको बताइएको छ। साइबर प्रहरीले उनलाई पक्राउ गरी मुम्बई लैजाँदैछ।

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डसंग भारतको लगातार दुई पराजयपछि ट्वीटर एकाउन्टबाट यो धम्की दिइएको हो ।

यस सम्बन्धमा दिल्ली महिला आयोग पनि सक्रिय थियो र यस धम्कीको बारेमा दिल्ली पुलिसको साइबर सेलसंग जानकारी मागेको थियो।

आरोपित राम नागेशले ‘क्रिक्रेजीगर्ल’ नामक ट्विटर अकाउन्टमार्फत कोहली र बलिउड अभिनेज्ञी अनुष्का शर्माकी छोरीलाई बलात्कारको धम्की दिएको बताइएको छ। आरोपितले धर्मका कारण आफ्ना मुस्लिम साथीमाथि आक्रमण गरेको आक्रोशमा धम्की दिएको बताइएको छ ।

सो मुद्धा गत हप्ता राजधानी नयाँ दिल्लीस्थित दिल्ली महिला आयोगमा दर्ता भएको थियो । केहि दिनअघि सो मुद्धा त्यहाँको साइबर अपराध विभागमा समेत दर्ता भएको थियो ।