काठमाडौं : पछिल्लो २४ घन्टामा थप ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका ६ हजार ८१४ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ गरी ४४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार बुधबार थप ४७४ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ भने कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ। मंगलबार कोरोनाबाट १ जनाको मात्रै मृत्यु भएको थियो।
हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ। तीमध्ये १८९ जनाको आइसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपनि जोखिम भने टरिनसकेको विज्ञहरुले बताएको छन्।