Shares
Shares
काठमाडौं- भारतको क्रिकेट टिम यस वर्षको टी-२० विश्व कपबाट बाहिरिएको छ। भारत सेमिफाइनलमा स्थान बनाउन असफल भयो। आफ्नो अन्तिम ग्रुप म्याचमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्यो।
यसका साथ टी-२० कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि सकिएको छ। विश्व कप भन्दा पहिला नै विराट कोहलीले विश्वकपपछि टी-२० कप्तानी छाड्ने घोषणा गरेका थिए।
खेलपछि कोहलीले अन्तर्राष्ट्रिय टी-२० टीमको कप्तानी छोड्ने सही समय भएको बताए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, "सबै भन्दा पहिला त राहत महसूस गरिरहेको छु। तर विषयलाई सही परिप्रेक्ष्यमा राख्नुपर्छ।"
विश्वकपमा भारत सेमिफाइनलमा नपुगेपछि कोहलीले आलोचनाको सामना गर्नु परिरहेको छ। कोहलीले आफ्नो कप्तानीमा भारतलाई कयौँ सम्झनयोग्य जीत दिलाए। तर, कुनै पनि आईसीसी प्रतियोगिता कप्तानका रूपमा जित्न भने सकेनन्।
आफ्नो टोलीका खेलाडीहरूसँग धेरै राम्रा समय बिताएको उनले बताए। ‘हामीले एक टिमको रूपमा राम्रो प्रदर्शन गरेका छौं। मलाई थाहा छ, यो विश्वकपमा हामी धेरै अगाडि बढ्न सकेनौँ। तर टि२० मा हामीले निकै राम्रा नतिजा हासिल गर्यौँ र हामीलाई एक साथ खेल्न निकै मज्जा आयो,’ पत्रकार सम्मेलनमा उनले भने।
‘टी-२० क्रिकेट मार्जिनको खेल हो। तपाईं पहिलो दुई खेलमा दुई ओभरको कुरा गर्नुहुन्छ। तर, मैले पहिले पनि भनेको थिएँ, हामी निडर भएर खेल्न सकेनौँ। हामी टसको बहाना दिने टोली होइनौँ।’
उनले मुख्य प्रशिक्षक रवि शास्त्री र अन्य स्टाफलाई पनि धन्यवाद दिए। प्रशिक्षकका रूपमा शास्त्रीको पनि यो अन्तिम खेल थियो। अब राहुल द्रविडले भारतीय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
‘अब खेलाडीको रूपमा्तपाईंले त्यस्तै जोस देखाउनुहुन्छ त?’ भन्ने पत्रकारको प्रश्नमा कोहलीले भने, ‘त्यो कहिले पनि परिवर्तन हुने छैन। यदी मैले त्यसो गर्न सकिनँ भने म अगाडि खेल्न सक्ने छैन। पहिला जब म कप्तान थिइनँ, म जहिले पनि खेलमा के भइरहेको छ भनेर हेर्नका लागि उत्साहि हुन्थेँ।’ कोहलीले भने,'म मात्र मैदानमा खडा रहूँ र केही नगरुँ, यो हुन सक्दैन।'
कप्तानको रुपमा आफ्नो अन्तिम खेलपछि कोहलीले ट्विटरमा एक म्यासेज लेखेर सबैलाई धन्यवाद दिएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘हामी सबै एक साथ मिलेर लक्ष्य हासिल गर्छौँ। दुर्भाग्यवस यसपटक हामी चुक्यौँ। एक टिमको रूपमा हामी जतिको निराश सायदै कोही होला। तपाईं सबैको समर्थन जबर्जस्त रह्यो र यसका लागि सबैलाई धन्यवाद। हामी अझै सशक्तरुपमा फर्किने प्रयास गर्नेछौँ र आगामी दिनमा राम्रो प्रदर्शन गर्नेछौँ ।’
कोहलीले ५० अन्तर्राष्ट्रिय टी–२० खेलमा भारतको कप्तानी गरे। यसमध्ये ३२ वटा खेलमा भारत विजयी रह्यो। १६ वटा टोली पराजित भएको थियो भने दुई खेलमा कुनै नतिजा आएन।
विराट कोहलीले रोहित शर्मा टी-२०मा भारतका आगामी कप्तान हुन सक्ने संकेत गरे।
कोहलीले भने, "मलाई लाग्छ कि टीमलाई अगाडि लैजानका लागि अन्य खेलाडीको समय आएको छ। थाहा छ रोहित शर्मा यहाँ छन् र पछिल्लो केही समयदेखि उनले हेरिरहेका छन्।"
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209