Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कति थपिए कोरोना संक्रमितको संख्या ? हेर्नुहोस

आज देशभर कति थपिए कोरोना संक्रमितको संख्या ? हेर्नुहोस

काठमाडौं- पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय २५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार २६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ३६ हजार २७७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।