Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या !!

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या !!

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

हालसम्म देशभर ४४ लाख ५१ हजार ६१४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ११२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ७१३ रहेको छ ।