काठमाडौं :नेपालमा थप ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ११ हजार ६६४ नमूना परीक्षणमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ४६८ नमूनाको पीसीआर र ४ हजार १९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
जसमध्ये पीसीआर विधिबाट ४४१ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार थप ४ सय ९० जना कोरोनामुक्त भएका छन्। यस्तै सोमबार ६५०२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ।