Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा बलिउड फिल्म 'उचाइ'को २५ दिनको छायांकन सकेर फिल्मको टोली भारत फर्किए !!

नेपालमा बलिउड फिल्म 'उचाइ'को २५ दिनको छायांकन सकेर फिल्मको टोली भारत फर्किए !!

काठमाडौं । नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपाल सेड्युल सम्पन्न गरेको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

तिबेला बलिउडका चर्चित अनुहारसहित निर्देशक सुरज बडजात्या नेपालमा छन् । उनीहरु बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालमा आएका हुन् ।

यो चलचित्रमा बलिउडका ‘महानायक’ अमिताभ बच्चन र दिग्गज कलाकारहरु अनुपम खेर, बोमन इरानी अनि अभिनेत्री परिणिती चोपडाजस्ता बलिउडका चर्चित अनुहारहरु मूख्य भूमिकामा छन् ।

निर्देशक बडजात्या अहिले यिनै स्टारकास्टसहितको टोलीको साथमा करिब एक महिनादेखि नेपालमा छन् । निर्देशक बडजात्या, अभिनेता अनुपम खेर, बोमन इरानी अभिनेत्री परिणिती चोपडा सहित २०० जनाको टिम नेपाल आएका हुन् ।

यो बलिउड टिमसँग नेपाली टिम पनि जोडिएको छ । नेपाली कलाकारहरुमा अभिनेत्री परमिता आर एल राणा, डम्मर बोहोरा, उरुषा जोशी, सरोज लामिछाने, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुतmान, नारायण विश्वकर्मा, आयुषा सुवेदी, स्नेहा अधिकारी सरोज पर्जु, केश नन्दु सिंह (सिद्धार्थ) र आरोन गुरुङ छन् । उनीहरू पनि छायाङ्कनका लागि ६ तारिखमा नै टिमसँग जोडिइसकेका छन् ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिए पनि दोस्रो सेड्युल भारतका विभिन्न स्थानमा हुनेछ ।

राजश्री प्रोडक्सनले निर्माण गरेको यो फिल्मको सुटिङको ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज बाडजात्याले निर्देशन गरेको फिल्ममा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडा आदि कलाकारले नेपाल आएर सुटिङ गरेका थिए ।

फिल्ममा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर सुटिङ गरिएको थियो । फिल्मका केही टोली सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । फिल्मको मुख्य टोली शनिबार एअर इन्डियाको विमानबाट भारत फर्किनेछ ।