काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा ११९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा९९, ललितपुरमा १३ र भक्तपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।