काठमाडौँ : सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।
अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।
पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो ।
उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।
पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।