Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घन्टामा थपिए ७७६ जना कोरोना संक्रमित !!

पछिल्लो २४ घन्टामा थपिए ७७६ जना कोरोना संक्रमित !!

काठमाडौँ : नेपालमा थप सात सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार सोमबार सात सय ७६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आठ हजार २८४ जनाको पिसिआर परीक्षण र २५८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १० हजार ३६० जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ।

५०१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा २२७ थपिएका छन्। जसमध्ये काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित छन्।