काठमाडौँ : बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।
शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ ।
यो पनि
बङ्गलादेशको राजधानी ढाकामा विस्फोटको क्रममा कम्तिमा सात जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझ ढाकाको मेघा बजारस्थित आरोङ कम्पनीको सोरूम नजिकै उक्त विस्फोट भएको थियो । यहाँको एउटा चार तले भवनमा विस्फोट भएको थियो ।
विस्फोटबाट भवन छेउछाउमा रहेका अन्य संरचनामा पनि क्षति पुगेको बताइएको छ । घटनाबारे प्रहरीले छानविन गर्ने जनाएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
यद्यपि प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास विस्फोट भएको हुनसक्ने बताइएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।