Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर कति थपिए कोरोना संक्रमित ?

आज देशभर कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ : नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पाँच सय ४५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

७२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा २१४ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित छन्।