Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकै दिन भारतमा थपियो १८ हजार भन्दा बढि संक्रमित !!

एकै दिन भारतमा थपियो १८ हजार भन्दा बढि संक्रमित !!

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ६० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५२ हजार ८ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख २६ हजार ६ सय ८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ५ सय ६० जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३४ लाख ८८ हजार १ सय ८१ पुगेको छ ।