Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर थपिए ६६२ जना कोरोना संक्रमित !!

आज देशभर थपिए ६६२ जना कोरोना संक्रमित !!

काठमाडौँ : पछिल्लो २४ घन्टामा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ नमूना परीक्षणमध्ये ५३५ पीसीआर र १२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको निधन भएसँगै कुल निधन संख्या ११ हजार ३१८ पुगेको छ ।

मन्त्रालयका अनुसार थप ७५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । हाल मुलुकभर ११ हजार ५७९ सक्रिय संक्रमित छन् ।