Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ६९७ जनामा कोरोना परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये आरटी–पीसीआरबाट ५२३ र एन्टिजेनबाट ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाले थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुने संक्रमितको कूल संख्या ११ हजार २९३ पुगेको मन्त्रालयले जनाएको छ ।