Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भीषण वर्षाका कारण भारतको केरलामा गएको बाढीले २७ जनाको भन्दा बढीको गयो ज्यान !!

भीषण वर्षाका कारण भारतको केरलामा गएको बाढीले २७ जनाको भन्दा बढीको गयो ज्यान !!

काठमाडौँ : भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमा पाँच जना बालबालिका पनि छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। भारी वर्षाका कारण आएको बाढीले गाउँ र सहर छिन्नभिन्न पारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको केरला राज्यमा शनिबारदेखि आएको बाढी र पहिरोको कारणमा परी हालेसम्म २७ जनाको मृत्यु भएको छ।कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको सेना तथा प्रहरीको टोलीले उद्दार गरेको छ।

केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ। अक्टोबर १३ तारिखदेखि नै भारतमा भारी वर्षा हुने अनुमान गरिएकोमा अक्टोबर १७ तारिख (आइतबार) सो क्षेत्रमा यस्तो दुःखद घटना भएको छ।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि वर्षा कायमै रहने बताएका छन्।

अधिकारीहरुले सोमबार पनि वर्षा जारी नै रहेको बताएका छन्। वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ।