Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुसमा विमान दुर्घटना ,गयो यति धेरैको ज्यान !!

रुसमा विमान दुर्घटना ,गयो यति धेरैको ज्यान !!

काठमाडौँ : रुसमा एउटा सानो विमान दुर्घटनामा परेको छ। प्रारम्भिक विवरणहरूका अनुसार घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा भएको उक्त घटना भएको हो।

आइतबार रुसको तातस्थान क्षेत्रमा भएको दुर्घटनामा सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन्। विमानमा २३ जना सवार थिए।

दुर्घटनामा ज्यान गुमाउने १६ जनामध्ये दुई जना पाइलटसमेत रहेका छन्।

घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ। विमान पुरानो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।