Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भोलि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आउँदै

भोलि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं : सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप भाेलि आइपुग्ने भएको छ।

खरिद गरेकाे सात महिनापछि बाँकी १० लाख डाेज खाेप नेपाल आउन लागेकाे हाे। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो। जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप भाेलि आउन लागेकाे हो।

‘भाेलि २ बजेपछि खाेप एयरपाेर्ट आइपुग्ने जानकारी पाएका छाैँ ,’ व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले भने।

भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।

उक्त खाेप एस्ट्राजेनेकाकाे पहिलाे मात्रा खाेप लगाएका व्यक्तिहरुलाई दिइने बताइएकाे छ।