Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा आज एकै दिन थपिए २१ हजार कोरोना सङ्क्रमित

भारतमा आज एकै दिन थपिए २१ हजार कोरोना सङ्क्रमित

काठमाडौँ : भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार १ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ४ सय ६३जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३९ लाख १४ हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४ हजार ९ सय ५८ कोरोना संक्रमित निको भएका छन् । यससँगै भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३२ लाख १७ हजार ६ सय ३७ पुगेको छ ।