Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप , यी हुन् खोप केन्द्रहरु !!

काठमाडौंमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप , यी हुन् खोप केन्द्रहरु !!

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप भेरोसेल आजबाट काठमाडौं महानगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई लगाउन थालिएको छ।

दशैं अघि खोप लगाउने उद्देश्यले आजबाट १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन शुरू गरिएको महानगरपालिकाले जनाएको छ। यसका लागि महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन्।

काठमाडौं महानगरका ३२ वडासँगै पाँच वटा अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको छ। नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ।

खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ। सबैलाई सहज रूपमा खोप लगाउने व्यवस्था गरिएको महानगरका जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जनाएका छन्।

खोप लगाउन परिचय खुल्ने फोटो सहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको छ। २४ असोजसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ।

विद्युतीय दर्ता नम्बरका लाग स्वैच्छिक आवेदन फारम क्लिक गरेर नाम दर्ता गर्न सकिन्छ।

अहिलेसम्म देशभर ८० लाख आठ हजार ८५४ जनाले पहिलो डोज लगाइसकेका छन्। त्यस्तै, ६४ लाख ३० हजार ४३१ जनाले दुई डोज अर्थात पूर्ण खोप लगाइसकेका छन्।