काठमाडौँ : जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरुले स्कुलमै फायरिङ गरेका छन् । घटनामा स्कुलका प्रिन्सिपल सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको छ । पछिल्ला ५ दिनमा काश्मिरमा ७ पटक व्यक्ति हत्या भइसकेको छ ।
यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । बुधबारमात्रै उनकी छोरी श्रद्धा बिन्द्रुले आफुसँग बहस गर्नका लागि लडाकुहरुलाई चुनौती दिएकी थिइन् ।
काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ । सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
भारतको कश्मीरमा सन्दिग्ध चरमपन्थीको एउटा समूहले मंगलवार साँझ एक पण्डितसहित तीनजनाको गोली हानेर हत्या गरेको छ। उनको औषधि पसल बाहिर गोली हानेर हत्या गरिएको हो। एमएल बिन्द्रूका छोरा डाक्टर सिद्धार्थ बिन्द्रू त्यहीँ आफ्नो क्लिनिक चलाउँथे।